एन्फा कास्कीका अध्यक्ष रन्जितलाई पितृ शोक
पाेखरा | चैत ७, २०७९
पोखरा: कास्की जिल्ला फुटवल संघ (एन्फा) का अध्यक्ष एवं पूर्व फुटबल खेलाडी उज्जल रन्जितलाई पितृ शोक परेको छ ।
पोखरा १० रामबजार निवासी रन्जितका बाबु लक्ष्मण रन्जितको ७९ बर्षको उमेरमा हिजो बेलुका निधन भएको पारिवारीक श्रोतले जनाएको छ । लामो समय वन कार्यालयमा कार्यरत लक्ष्मण मृगौला रोगबाट प्रभावित रहेका थिए ।
आज बिहान ९ः०० बजे उनको निवास रामबजारबाटै शवयात्रा सहित अन्तिम दाहसंस्कार हुने भएको स्थानिय शुर्दशन रन्जितले बताए । स्वर्गीय लक्ष्मणका १ श्रीमती, ३ छोरा, २ छोरी रहेका छने भने उज्जल माइला छोरा हुन्।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

